• सम–सामयिक

    अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

      ओमकार टाईम्स


    काठमाडौँ :  अस्ट्रेलियाका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित पाइएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । उनी करिब दुई साताअघि नेपालबाट बिदा मनाएर अस्ट्रेलिया फर्किएका थिए ।

     

     

    गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट आइपुगेका थिए। तास्मानियाको जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले नेपालबाट आएका ती युवालाई अन्य सबैबाट आफूलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि उनले त्यसलाई पालना नगरेको बताएका छन्।

     

    नाम गोप्य राखिएको ती युवाले फ्लुको लक्षण देखिएपछि अस्पतालमा सम्पर्क गरेका थिए । अस्पतालमा सम्पर्क गरेपछि उनलाई शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गरिएको थियो। जाँचपश्‍चात् शनिबार उनलाई कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो।

     

    चिकित्सकले जाँचको नतिजा नआउन्जेलसम्म काममा नजान चिकित्सक तथा अधिकारीहरुले दिएको सुझावलाई पालना नगरी उनी भोलिपल्ट काममा गएका थिए। उनको अहिले रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको तास्मानिया सरकारको स्वास्थ्य विभागले उल्लेख गरेको छ।

    प्रतिकृया दिनुहोस