• विदेश

    १ करोड ६० लाख मानिस अनिवार्य क्वारेन्टाइनमा

      ओमकार टाईम्स


    कोरोनाभाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि इटालीको लोम्बार्डीसहितका क्षेत्रमा रहेका एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।

     

     

    इटलीका प्रधानमन्त्रीले उनीहरुलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिने जानकारी दिएका छन् ।

     

    नयाँ कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, संक्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्। युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस संक्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ।

     

    शनिवार इटालीमा संक्रमित मानिसको संख्यामा व्यापक वृद्धि भएको छ । इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी ३ अप्रिलसम्म लागू हुनेछ ।

     

    कोभिड–१९ का कारण इटलीमा मृत्यु हुने मानिसको संख्या २ सय ३३ पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

     

    संक्रमित भएको पुष्टि हुने मानिसको संख्या शनिवार मात्रै १ हजार २ सयले बढेर ५ हजार ८ सय ८३ पुगेको छ ।

     

    एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन् । भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ ।

     

    त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन् । यसअघि उत्तरी भेगमा क्वारेन्टाइनमा कारण झन्डै ५० हजार मानिस प्रभावित भएका थिए

    प्रतिकृया दिनुहोस