• राजनीति

    राप्रपा र राप्रपा संयुक्तबीच एकताको सहमति, तीन जना अध्यक्ष

      ओमकार टाईम्स


    राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता गर्ने सहमति भएको छ ।

     

     

    कमल थापा नेतृत्वका राप्रपा र पशुपति शमशेर राणा तथा डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच पार्टी एकता गर्ने सहमति बनेको हो ।

     

    एकता गर्ने सहमतिमा गएराति राप्रपा अध्यक्ष थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय राणा र लोहनीले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीमा तीनै जना संयुक्त रुपमा अध्यक्ष रहनेछन् ।

     

    यसअघि एकतापछिको दलमा अध्यक्ष कति जना हुने भन्ने कुरामा सहमति नहुँदा एकता प्रक्रिया लम्बिएको थियो । सहमतिअनुसार हाल कायम रहेका तीनै वटा दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ भने झण्डा थापा नेतृत्वको राप्रपाले हाल प्रयोग गर्दै आइरहेको दलको नै रहनेछ ।

     

    यसैगरी दुबै दलको विधानलाई मिलाएर एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच बनेको छ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरिनेछ ।

     

    यसैगरी दुवै राप्रपाबीच हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अंगीकार गर्न तयार भएका छन् ।

    प्रतिकृया दिनुहोस