कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले आइतवारदेखि सबै विद्यालय बन्द गर्ने भनेर गरेको निर्णय शनिवार फिर्ता लिएको छ ।
उपमहानगरपालिकाले शिक्षा सरोकारवालासँग बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार १ देखि ९ कक्षासम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने भएकाले सोही अनुसार गर्न धनगढी उपमहानगरले मातहतका विद्यालयलाई अर्काे निर्देशन दिएको छ ।
शुक्रवारको सूचनालाई फिर्ता लिँदै धनगढी उपमहानगरले शनिवार अर्काे सूचना जारी गर्दै यथाशीघ्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको हो ।
शनिवार जारी सूचनामा लेखिएको छ, ‘सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू यथावत रुपमा सञ्चालन गरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गरी मिति २०७६ चैत ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय भएकोले सो अनुसार गर्न गराउन हुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।’
प्रतिकृया दिनुहोस