• विदेश

    अमेरिकामा कोरोना संक्रमणको आशंकामा चार प्रहरी अधिकृतसहित ३ हजार प्रहरी आइसोलेसनमा

      ओमकार टाईम्स


    अमेरिका : अमेरिकामा हालसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । साथै २ सय २५ जनाभन्दा बढी संक्रमण भेटिएको पुष्टि भएको छ । अमेरिकामा हालसम्म १७ राज्यमा संक्रमण फेला परेको छ ।

     

    यसैगरी अमेरिकाले कोरोना संक्रमणको आशंकामा चार अधिकृतसहित २ हजार ७ सय ७३ जना न्यूयोर्क प्रहरीलाई आइसोलेसनमा राखिएको छ । चीन, इटली, इरान, दक्षिण कोरिया, जापान लगायतका देशबाट फर्किएका प्रहरीहरुलाई आइसोलेसनमा राखिएको हो ।

     

    अमेरिकाको न्यूयोर्क राज्य प्रहरीहरुलाई अहिले स्वास्थ्य विभागले परीक्षण गरिरहेको छ । स्वास्थ्य विभागले उनीहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ । न्युयोर्क राज्यका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरी न्युयोर्क सिटीमा कोरोनाविरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका छन् ।

     

    ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन, हात धुन, खोक्दा वा हाँछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस