• सम–सामयिक

    ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचिमा

      ओमकार टाईम्स


    सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ ।

     

    कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐनविपरीत काम गर्ने आठवटा निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवाप्रदायक कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

     

    सर्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवाप्रदायक कम्पनीलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको कार्यालयका कानुन निर्देशक राजेश थापाले बताए ।

     

    कार्यालयले दुई वर्ष कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय भएकाहरूमा श्री सीताराम निर्माण सेवा बाँके र अजम्बर शिवराम कन्स्ट्रक्सन जेभी दोलखा रहेका छन् ।

     

    त्यसैगरी, स्वस्तिक–सूर्यविनायक कन्स्ट्रक्सन दोलखा र सुवर्ण ब्राह्मणी जेभी एक बर्से कालोसूचीमा परेका छन् ।

     

    कार्यालयका अनुसार यी निर्माण तथा प्रदायक कम्पनीले सम्झौताअनुसार समयमै काम नगरेकाले कारबाही गरिएको हो ।

     

    चालू आर्थिक वर्षको साउनयता कार्यालयले ४१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको छ ।

    प्रतिकृया दिनुहोस