• देश

    प्रम ओलीलाई आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने, तर भेटघाट कम गर्नुपर्ने

      ओमकार टाईम्स


    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न डाक्टरले बताएका छन् । स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले  जानकारी दिनुभयो ।

     

    तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको उहाँले बताउनुभयो ।

     

    गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ ।

     

    यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ । उहाँलाई पनि आइतबार वा साेमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस