• अर्थ

    अब सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

      ओमकार टाईम्स


    काठमाण्डौ – अब बैंकमा सुनचाँदी राखेर ब्याज लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र सार्वजनिक गरेर बहुमूल्य धातु निक्षेपका रुपमा बैंकले जम्मा गर्न पाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।

     

    राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निक्षेपका रूपमा सुन राख्न पाएपछि वाणिज्य बैंकले सुनको मूल्य बराबर रकमको बढीमा ८० प्रतिशत कर्जा प्रवाह गर्न पाउँछन् ।

     

    यसअघि ग्राहकले बैंकमा सुन राख्न पाए पनि त्यो निक्षेपका रूपमा थिएन । निक्षेपका रूपमा सुन राख्न पाइने भए पनि सुनका गरगहना, चाँदीलगायत बहुमूल्य धातु भने राख्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार सुनका गरगहनालाई निक्षेपका रूपमा राख्न चाहेमा तिनलाई पगालेर ढिक्का बनाउनुपर्छ ।

     

    निक्षेपका रूपमा बैंकमा सुन राख्दा ग्राहकले ब्याज पाउँछन् । निक्षेपका रूपमा सुन राख्दा न्यूनतम २५ ग्रामभन्दा कम राख्न पाइँदैन । निक्षेपको अवधि कम्तीमा तीन वर्ष र बढीमा पाँच वर्ष हुनुपर्नेछ ।

     

    यो व्यवस्थाले बैंकमा लगानीयोग्य रकम बढ्ने भएकाले कर्जा प्रवाहका लागि रकम अभाव नहुने राष्ट्र बैंकको दाबी छ । आउँदो तीन महिनाभित्रमा यो व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने राष्ट्र बैंकको योजना छ ।

    प्रतिकृया दिनुहोस