• सम–सामयिक

    विधालयमा शैक्षिक सामाग्री बितरण

      सुमित भण्डारी


    सुनसरी : नेपाल मानव धर्म सेवा समितिको यूवा संगठनले बिहीबार विराटनगरको पञ्चंमुखी चौकमा अवस्थित श्री अरुणोदय आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संगठनद्धारा सञ्चालित शिक्षा अभियान कार्यक्रम अन्तरगत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको संगठनले जनाएको छ ।

     

     

    बिहीबार विद्यालयका कक्षा नर्सरी देखि कक्षा आठ सम्मका ३४२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको संस्थाले जनाएको छ । शैक्षिक सामाग्रीमा पेन्सिल, कापी, इरेजर, डड्पेनलगायत अत्यावश्यक सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको संस्थाका कोषाध्यक्ष्य मनोज विश्वकर्माले बताउनुभयो ।

     

     

    वि.सं. २०७२ सालको भूकम्पको कारण शिक्षाबाट धैरै बालबालिका वञ्चित भएसँगै सुरु गरिएको कार्यक्रम नेपालको सातवटै प्रदेशमा सञ्चालित छ । संगठनले सवल निजि विद्यालयहरुबाट शैक्षिक सामाग्री संकलन गरि विपन्न वर्गका विद्यार्थीहरुलाई वितरण गर्दै आइरहेको छ ।

     

     

    चालु आर्थिक वर्षको हालसम्म सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका भित्रका शम्भुनाथ मा.वि.का २५८ जना, सोहि गाँउपालिकाको सार्वजनिक आधारभूत विद्यालयका ६४ जना र दुर्गा मा.वि.का १८० साथै बुधनगरको श्री वुधेश्वरी मा.वि.मा १५० जना विद्यार्थी गरी ९९४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको संगठनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस