• खेलकुद

    ईपीएल क्रिकेट अर्को सूचना नआएसम्मका लागि स्थगित

      ओमकार टाईम्स


    एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।

     

    १ चैतबाट सुरु हुने भनिएको यो सिजनको ईपीएल क्रिकेटमा वेस्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो ।

     

    तर विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रा.लिले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

     

    ईपीएल प्रा.लिका प्रमुख अमिर अख्तरले ६/७ महिनादेखि ईपीएलको तयारी गरेको भएपनि खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने बताएका छन् । उनले अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस