सिवल । सिन्छोन्जी कोक्रिसीयन समुदायमा रहेको धार्मिक अन्धबिश्वासका कारण कुनै रोग लाग्यो भने पनि प्रभु यसुको क्रिपाले उक्त रोग निको हुने भन्ने रुढीबादी परम्पराका कारण दक्षिण कोरियामा हाल फैलिरहेको कोरोना भाइरस ले महामारी को रुप लिएको खुलासा भएको छ।
इसाई धर्ममा कट्टर पन्थिमानिने क्याथेलिक धर्मालम्बी हरुको चर्च सिन्छोनॅजी (अर्थात नया संसार) चर्च का हजारौ कोरोना भाइरसले संक्रमित फेला पर्नु नै उक्त इसाई समुदायमा रहेको धार्मिक अन्धबिश्वास रहेको खुलासा भएको हो।
हालै दक्षिण कोरियाको राजधानी सउलमा धार्मिक गुरुहरुले सउल महानगरपालिका ले सभा रेली गर्न बन्देज गरेको भोलीपल्ट फेर्वरी २२ तारिख मा एउटा सभालाइ सम्बोधन गरेको र उक्त सभामा कोरोना भाइरस लागेका हरुलाइ पनि आउन भनिएको तथा प्रथाना गरे १ हप्तामा ठिक हुनेछ भन्ने भनाइ राखेको दक्षिण कोरिया को समाचार संस्था योनहाप ले जनाएको छ।
सउलमा मुख्य चर्च रहेको उक्त चर्चका दक्षिणकोरिया मात्र ११ भन्दा बढी शाखा छन् । सिन्छोन्जी चर्च का कोरियामा मात्र २ लाख १० हजार भन्दा बंढी फोलोएर्स हरु छन् । धार्मिक समुदायमा कोरोना भाइरस ब्यापक फैलिएपछी उक्त चर्चका सबै गतिबिधीलाई सस्पेन्ड गरी निगरानी समेत बढाइएको समचार संस्था योनहाप ले जनाएको छ।
सिन्छोनजी चर्चले दक्षिण कोरियामा विश्वविद्यालय ,अस्पताल लगायत कयौ गतिबीधि हरु संचालन गर्दै आएको छ। यस्तै कोरियाको अर्को ठुलो क्यांथोलिक चर्च म्यायुगंमा पनि कारोना भाइरस ब्यापक रुपमा फैलिएको अनुमान गरिएको छ।
प्रतिकृया दिनुहोस