प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ । ओलीलाईं राखिएको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरबाट बिहान १० बजे निकालेर अपरेशन थिएटरमा लगिएको हो ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए ।
युरोलोजिस्ट डा.उत्तम शर्मा, डा.प्रेम ज्ञवाली, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी हुनेछन् । भारतीय चिकित्सक डा।अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिइसकेका छन् ।
मिर्गौला प्रत्यारोपणअघि गरिने सबै नियमित परीक्षण गरिएको छ । सबै परीक्षणको रिपोर्ट राम्रो आएको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौला पनि सोमबार नै अस्पताल भर्ना भएकी छिन् । उनको पनि स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ ।
प्रतिकृया दिनुहोस