• सम–सामयिक

    ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

      ओमकार टाईम्स


    हेटौंडा । मकवानपुरमा प्रहरीले ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

     

    काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

    ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठौरले जानकारी दिए ।

     

    प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस