• खेलकुद

    टी -२० वरीयतामा नेपाल ३ स्थान तल झर्‍याे

      ओमकार टाईम्स


    काठमाण्डौ – टी-२० वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा पुगेको छ ।

     

    यसअघि नेपाल १२ औँ स्थानमा रहेको थियो । लगातार खराब प्रदर्शनका कारण नेपालको वरीयतामा ठूलो गिरावट आएको हो । नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ । नेपालको टी-२० वरीयतामा उच्च स्थान ११ औँ हो ।

     

    एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड १२ औँ र यूएई १४ औँ स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयतामा भने १६ औँ स्थानमा रहेको छ ।

     

    टी-२० वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचाैँ स्थानमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस