काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सम्भावित समस्याप्रति सरकार र सम्बन्धित निकाय गम्भीर नभएको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको छ ।
आज (आइतबार) झापा कचनकवल गाउँपालिका–३ स्थायी घर भई काठमाडौं–११ बस्ने अधिवक्ता पूर्ण राजवंशी र काठमाडौं–११ बस्ने ५३ वर्षीय नरेन्द्र दाहालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र अध्यागमन विभागविरुद्ध मुद्दा दायर गरेका हुन् ।
सर्वोच्च अदालतमा परेको रिट नम्बर ६७०–w०–०८५४ विरुद्ध भोलि (सोमबार) वहस हुने भएको छ ।
उनीहरुले सम्पूर्ण नेपाली जनताको स्वास्थ्यको हितको रक्षाको लागि निवेदन दिएको जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस