• देश

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि अस्पताल भर्ना

      ओमकार टाईम्स


    प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण गरिने तय भएको छ ।

     

    ओलीको आगामी बुधवार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण तयारी भएको अस्पताल स्राेतले जनाएको छ ।

     

    प्रधानमन्त्री केही समयदेखि मिर्गौलापीडित छन् । उनको नियमित लायलाइसिस भइरहेको छ । प्रधानमन्त्री ओलीले समेत सचिवालय बैठकमै आफूले मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराएको बताइएको छ ।

     

    प्रत्यारोपणका लागि उनी भोलि सोमबार नै अस्पताल भर्ना हुँदै छन् । ओलीलाई मिर्गौला दिन उनका भान्जा, भान्जी र एक जना भतिजालाई तयारी अवस्थामा राखिएको अस्पताल स्राेतले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस