पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमण पूरा गरी सपरिवार आज नेपाल आइपुग्दै छन् ।
भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरूको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्न पुगेका ज्ञानेन्द्र आज साढे २ बजे नेपाल फर्कने बताइएको छ।
पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मोत्सव पारेर अमृतशहर पुगेका ज्ञानेन्द्र परिवारले स्वर्ण मन्दिरको दर्शन गरेका थिए ।
ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाइँ मोहनबहादुर शाही, सालाभाइ उदयशमसेर राणा र उनकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डीएसपी राजेन्द्र गुरागाईंसहित करिब १२ जनाको टोली भारत पुगेको थियो।
फागुन ४ गते भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्रले नयाँ दिल्लीमा उच्च राजनीतिक भेटघाट गरेको स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस