• सम–सामयिक

    झगडा छुट्याउन गएकालाई नै चिर्पट प्रहार गरी हत्या

      ओमकार टाईम्स


    जनकपुर । धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।

     

    शुक्रबार राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाईते भएका पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा उनको मृत्यु भएको मृतकका छोरा सूर्यनारायण पुलामीले जानकारी दिए ।

     

    रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएको थियो ।

     

    दुई समूहबीच भएको विवादले झगडाको रुप लिइसकेको थियो । झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो

     

    पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनामा संलग्न एक जना फरार रहेको प्रहरीको भनाइ छ ।

     

    पक्राउ पर्नेहरुमा सबैला नगरपालिका–१ बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ बस्ने मनु यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न अमरजीत यादव भने फरार छन् ।

     

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस