प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।दोलखाकी बालिका खड्का {राई}ले मुख्यमन्त्री राईविरुद्ध मुद्दा दायर गरेकी हुन्। बालिकाले मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै शुक्रबार मुद्दा दायर गरेकी हुन्।
यस्तै बालिकाले आरोप पत्रमा मुख्यमन्त्री राई आफ्नो पति भएको दावी गर्दै अंशसमेत माग गरेकी छिन्। बालिकाले मुख्यमन्त्री राईलाई विसं २०७१ सालदेखि चिनेको बताएकी छिन्।त्यो बेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य थिए भने, बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सकी केन्द्रीय सचिव थिइन्।
बालिकाले मुख्यमन्त्री राईसँग ‘लिभिङ टुगेदर’ गरी बसेको जिकिर गरेकी छिन्। राईले विद्यादेवी भण्डारी पहिलो पटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुर्व्यवहार गर्न कोसिस गरेको आरोप बालिकाले लगाएकी छन्।उक्त घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले आरोप पत्रमा उल्लेख गरेकी छिन्। राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छिन्।
“मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र मबीच एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ. संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु।” आरोप पत्रमा उल्लेख गरिएको छ, ‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नुपर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिती कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ।’
यसै सन्दर्भमा मुख्यमन्त्री राईसंग ओमकार प्रतिनिधिले जिज्ञासा राख्दा `यो मलाई फसाउने षड्यन्त्र हो , म संचारमन्त्री हुँदै पनि यो कुरा आएको थियो मैले त्यतिबेलै स्पष्टीकरण दिईसकेको थिए , ती महिलालाई म चिन्दापनि चिन्दिन आजसम्म मेरो ती महिलासंग कुरा भएको पनि छैन ´मुख्यमन्त्रीले भने ।किन त एक साधारण महिलाले तपाई जत्तिको मान्छेलाई यस्तो गम्भीर आरोप लगाइन् त ? भन्ने ओमकारको प्रश्नमा `मेरो उन्नति, प्रगति देख्न नचाहने एक गिरोह छ , त्यो गिरोहले ती महिलालाई पैसामा किनेर प्रयोग गरेको हो ´ राईले भने । गत असरमा विभिन्न कार्यक्रममा भागलिन भनेर मुख्यमन्त्री राई अमेरिका उडेपनि उनको भित्री उदेश्य अमेरिका बस्दै आएकी इटहरीकी एक महिलासंग बिबाह गर्नु थियो , यो कुरा उनकै पार्टीका उनिसंग नजिक हुने कार्यकर्ता बिच व्यापक चर्चा छ ।
प्रतिकृया दिनुहोस