काठमाडौ । रौतहटमा भएको भएको नरसंहार घटना लुकाउनेमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको प्रत्यक्ष संङ्लग्नता देखिएको छ ।
२०६४ सालमा उक्त घटना हुदा नेता सिटौला तत्कालिन गृहमन्त्री रहेका थिए । गृहमन्त्रालयको बागडोर सम्हालीरहेको बेलामा उक्त कहालीलाग्दो घटना घटेको र घटनाको सवुत लुकाउन उनले तत्कालिन पूर्व आईजी ओम विक्रम राणा र एआईजी जयबहादुर चन्दलाई संरक्षण र निर्देशन दिएको एक उच्च स्रोतले बताएको छ ।
तत्कालीन रौतहटका एसपी लक्ष्मण न्यौपानेले शव नभेटिएको र अनुसन्धानका लागि रौतहट पुगेका तत्कालीन एसपी जयबहादुर चन्दले पक्राउ गर्न आधार नभेटिएको भनेपछि पीडितले सर्वोच्चमा रिट दर्ता गरेका थिए । एसपी लक्ष्मण न्यौपाने उनै प्रहरी हुन जो टिकापुर घटनामा मारिएका थिए ।
यस घटनालाई सामसुम र गुपचुप पार्न तत्कालिन गृहमन्त्री सिटौलाले एसपी लक्ष्मण न्यौपानेको सरुवा गरेर तत्कालीन एसपी जयबहादुर चन्दलाई राैतहट पठाएका थिए ।
आईजीपी राणा र घटनापछि रौतहट प्रहरी प्रमुख बनेर पुगेका (हाल एआईजीबाट अवकाश प्राप्त) चन्द र महान्यायाधिवक्ता यज्ञमुर्ती बन्जाडेको घटनालाई सामसुम र गुपचुप पार्न मुख्य भूमिका खेलेको देखिएको छ ।
उनीहरुको निर्देशनमा जिल्ला न्यायधिवक्ता ध्रुबमणी ज्ञवाली, सशस्त्रका एसपी रामकृष्ण लामा, प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, एसपी लक्ष्मण न्यौपाने र अनुसन्धान अधिकारी प्रनि राजीब बस्नेत फिल्डमा रहेर यो घटना दबाउन भूमिका खेलेको पाईएको छ ।
१२ वर्षपछि कानुनी दायरामा आएको यो घटनामा गृहमन्त्री सिटौलादेखि राणा,चन्द र बञ्जाडेसहित स्थानीय प्रहरी प्रशासन प्रमुखहरु पनि तानिएपछि उनीहरुलाई पनि बयानका लागि बोलाउने तयारी भईरहेको छ ।
यो घटनामा संलग्न देखिएका उच्च पादधिकारीहरुलाई समेत कारबाहीको दायरामा ल्याएर न्याय हराएको छैन भन्ने अनुभूति दिन पनि वयानका लागि बोलाउने तयारी भएको बताईएको छ ।
स्थानीय प्रहरी प्रशासनले अहिले उनीहरुको संलग्नताबारे आवश्यक अध्ययन र अनुसन्धान गरिरहेको छ । स्थानीय प्रहरी प्रशासनको सुक्ष्म अध्ययन र अनुसन्धानपछि उनीहरुलाई बयानका लागि बोलाउने भएको छ ।
आम नरसंहारका नाइके मोहम्मद अफताब आलमको यो घटना त्यसबेला त्यसै सामसुम पारिएको थियो ।
तर सोही घटनामा आलम समातिएपछि यो घटनाले नयाँ मोड लिएको छ । र कांग्रेसका प्रभावशाली नेता तथा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाकाे प्रत्क्षय संङ्लग्नता खुल्न आएकाे छ ।
वर्णन मिडियाबाट ।
प्रतिकृया दिनुहोस