• मनोरञ्जन

    भारतीय चलचित्रका नायक बच्चन अस्पताल भर्ना

     


    एजेन्सी
    बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।

    बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए ।

    बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

    जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।

    प्रतिकृया दिनुहोस