• समाचार

    बन्चरो प्रहार गरि महिलाको हत्या

      ओमकार


    काठमाडौँ  । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा आपसी झगडाको कारण एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ । 

    जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिए । 

    एसपी सिंहका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।

    पाख्रिनले अन्धाधुन्ध प्रहार गरेको बञ्चरोबाट सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन् । उनीहरुको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

    सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।रातोपाटीबाट।

    प्रतिकृया दिनुहोस