• विदेश

    साउदीमा भयानक बस दुर्घटना , ३५ बिदेशीको मृत्यु

      ओमकार


    एजेन्सी ।साउदी अरबमा भएको सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

    यात्रु बोकेको बस अर्को स्काभेटरसँग ठोक्किदा सो दुर्घटना भएको प्रहरी प्रवक्ताको भनाई उदृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ ।

    मदिनाबाट करिब १७० किलोमिटर टाढा रहेको हिज्रा रोडमा सो दुर्घटना भएको हो । सो बसमा ३९ जना यात्रु रहेका थिए । घाइते भएका चार जनालाई उपचारका लागि अल–हम्ना अस्पतालमा भर्ना गरिएको छ ।

    मृत्यु हुनेमा एसियाली र अरबी मूलका मानिसहरु रहेको बताइए पनि कुन देशका कति जना परे भन्नेबारेमा खुलिसकेको छैन ।

    यसअघि स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै केही मिडियाले ३६ जनाको मृत्यु भएको बताएका थिए । सो बस दुर्घटनाका कारणबारे अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् ।

    प्रतिकृया दिनुहोस