• पत्र-पत्रिका

    प्रहरी तालिम केन्द्र भित्र प्रहरी बाटै बलात्कार

      ओमकार


    जनतालाई शान्ति, सुरक्षा प्रदान गर्ने उद्देश्यले प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् ।

    कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी हुन् ।

    सई बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन् ।

    प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिँदै आएकी थिइन् । सई रानाले आफूलाई विभिन्न दबाब दिएर जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ ।आजको नागरिक दैनिकबाट।

    प्रतिकृया दिनुहोस