अरुणा शाही नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान चयन भएकी छिन् । नियमित कप्तान विनिता बुढाथोकीको अनुपस्थितिमा टिम कप्तान विहिन थियो ।
नेपाल भलिबल संघले महिला भलिबल टिमको कप्तानमा अरुणा शाही चयन भएको जानकारी दिएको हो । उनले बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोनमा नेपाली टिमको नेतृत्व गर्ने छिन् । पहिलो संस्करणको एभीसी कात्तिक २२ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ ।
महिला टिम यही बुधबार प्रशिक्षणका लागि थाइल्यान्ड जाँदैछ । थाइल्यान्डमा नेपाली टिमले प्रशिक्षणका साथै मैत्रीपूर्ण खेल पनि खेल्ने छ ।
पूर्वकप्तान बुढाथोकी टिम छनोटको प्रारम्भिक चरणमै अँटाएकी थिइनन् । उनी अहिले बिच भलिबलको राष्ट्रिय टिममा छिन् ।शिलापत्रबाट।
प्रतिकृया दिनुहोस