अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी)ले नेपालमाथि लागेको निलम्बन फुकुवा गरेको छ । राजनीतिक हस्तक्षेप भएको भन्दै २०१६ मा आइसिसीले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको थियो ।
आइसिसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गरेको आइसिसीका अध्यक्ष शशांक मनोहरले बताएका छन् । राजनीतिक हस्तक्षेपका अलावा स्वतन्त्र र निष्पक्ष चुनाव नगरेका कारण पनि निलम्बन गरेको थियो ।
क्यानले यसै महिना चुनाव गर्दै चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको थियो । क्यानको निर्वाचनसँगै आइसिसीले सशर्त निलम्बन फुकुवाको निर्णय गरेको हो ।
‘नेपालले पछिल्लो समय क्रिकेट समग्र सुधारमा उल्लेखनिय काम गरेको छ । त्यसलाई मध्यनजर गर्दै संक्रमणकालिन योजनाका रुपमा क्यानको एसोसिएट सदस्यता फिर्ता दिई क्रिकेटको विकास तथा प्रवद्र्धनमा सहयोग गर्ने निर्णय भएको छ । यद्यपि नेपाललाई दिइने आर्थिक सहयोगमा भने आइसिसीकै पूर्ण नियन्त्रण रहनेछ ।’, मनोहरद्वारा जारी आइसिसीको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी, क्यानले जिम्बाब्वेको पनि निलम्बन फुकुवा गरेको छ । गत जुलाईमा सरकारी हस्तक्षेपकै कारण जिम्बाब्वे क्रिकेट पनि निलम्बित भएको थियो । निलम्बन फुकुवासँगै जिम्बाब्वेले जनवरीमा हुने यु–१९ विश्वकपमा सहभागीता जनाउने पक्का भएको छ ।
आइसिसी अध्यक्ष मनोहर, जिम्बाब्वेकी खेलकुद मन्त्री किस्र्टी कोभेन्ट्री, जिम्बाब्वे क्रिकेटका अध्यक्ष तभेंग्वा मुकुह्लानीलगायतका सहभागी संयुक्त बैठकपछि जिम्बाब्वेको निलम्बन फुकुवा गरिएको थियो । खेलकुद मन्त्री कोभेन्ट्रीले जिम्बाब्वेमा राजनीतिक हस्तक्षेप बिना क्रिकेटको विकास गर्दे आइसिसीका सबै शर्त मान्न तयार भएको विश्वास दिलाएपछि निलम्बन फुकुवा गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस