• पत्र-पत्रिका

    चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

      ओमकार


    करिब २० घण्टाको नेपाल बसाइपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार साँझ ५ बजे त्रिभुवन विमानस्थल उत्रिएका उनी नेपालकाे बसाइ सकेर आइतबार साढे २ बजे विमानस्थल प्रवेश गरेका थिए ।

    विमानस्थल जानुअघि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिदाइ भेट भएको थियो । भेटलगत्तै राष्ट्रपति सी त्रिभुवन विमानस्थलतर्फ लागेका थिए ।

    दुई दिन भारतको भ्रमण गरी सी आइतबार साँझ काठमाडौं आइपुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका हुन् ।

    काठमाडौंमा सरकार, राजनीतिक दल र आमनागरिकले सीको भव्य स्वागत गरेका थिए । उनको भ्रमण नेपालको आर्थिक समृद्धिको अभियानमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

    सी नेतृत्वको चिनियाँ टोली र नेपाली पक्षबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ । सम्झौतामा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली काेरिडोरका विषय समटिएका छन् । केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा समेटिएको छ ।

    नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरे । शनिबार साँझ उनको स्वागतमा नेपाली समकक्षी भण्डारीले भव्य रात्रिभोजको आयोजना गरिन् । उक्त भोजमा राष्ट्रपति सीले नेपाली परिकारको स्वाद लिए ।

    सीले आफ्नो सम्बोधनमा नेपालको विकासमा चीनले सहयोग गर्ने वचन दिएका छन् । उनले नेपाललाई अब भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्रको रूपमा स्थापित गर्न सहयोग गर्ने बताएका छन् ।शिलापत्रबाट।

    प्रतिकृया दिनुहोस