• समाचार

    नेपाली कांग्रेसका संसद आलम पक्राउ

      ओमकार


    रौटहट : रौटहटमा नेपाली कांग्रेसका सांसद पक्राउ परेका छन् । रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका हुन् ।

    २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो।

    आइतबार बिहान पौन ११ बजे पक्राउ परेको आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

    उनीमाथि पहिलो  संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको छ । 

    प्रतिकृया दिनुहोस