• मुख्य

    रात्रीभोजमा चिनियाँ राष्ट्रपतिलाई के के ख्वाइयो ?

      ओमकार


    असोज २६, काठमाण्डौ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गरेेेेकी छन् । रात्रिभोजमा चीन र नेपालका राष्ट्रपति तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी थियो ।

    रात्रिभोजमा अधिकांश नेपाली परिकार पस्किइएको छ । रात्रिकोजको सुरुवाति परिकार (स्टार्टर)का रुपमा बारा, मोमोका साथै लुक्लाको सिमीसँग साँधेको भटमास थियोे ।

    त्यसपछि चिनियाँ राष्ट्रपतिलाीई कुरिलो र क्वाँटीको रस प्रस्तुत गरियो । त्यस्तै रात्रिभोजको मुख्य परिकारमा पट रोस्ट ल्याम्ब चप(भेडाको पाठाको विशेष परिकार) रहेको छ ।

    त्यस्तै मुख्य परिकारकै विकल्पमा क्यान्टोनिज प्यान फ्राइड नुडल्स रहेको छ । रात्रिभोजको डेजर्टका रुपमा विभिन्न मिठाईका परिकारसहित गुल्मीको कफी र इलामको चिया पनि समावेश गरिएको थियो ।

    रात्रिभोजमा सरिक हुनुअघि राष्ट्रपति भवन शीतल निवासमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो । राष्ट्रपति सी भारतको दुई दिने भ्रमण सकेर शनिबार दिउँसो नेपालको राजकीय भ्रमणमा आएका हुन् ।

    प्रतिकृया दिनुहोस