• विदेश

    सीको भारत भ्रमण , उठेन कश्मीर मुद्दा

      ओमकार


    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कश्मीर मुद्दाको विषयमा कुनै छलफल भएन ।

    सीको भारत भ्रमणको क्रममा आज भएको छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत–पाकिस्तान मुद्दा कश्मीरको विषयमा कुनै छलफल नभएको भारतीय विदेश सचिव विजय गोखलेले बताए ।

    ममल्लापुरममा भएको दुई नेताबीच भेटघाटमा आतकंवादको बारेमा छलफल भएपनि कश्मीर मुद्दामा कुनै छलफल नभएको उनको भनाइ छ । 

    चीनले यसअघि कश्मीर मुद्दा संयुक्त राष्ट्र संघमा जानु पर्छ भनि पाकिस्तानलाई साथ दिएको थियो । त्यसको जवाफमा भारतले काश्मिर मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यसमा अरु कुनै देशले बोल्न नहुने धारणा सार्वजनिक गरेको थियो । रातोपाटीबाट।

    प्रतिकृया दिनुहोस