दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल पुगेर सीलाई स्वागत गरेका हुन् ।
सी को अगमनसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । दुईदिने नेपाल भ्रमण सकेर आइतरबार सी स्वदेश फर्कने छन् ।
यो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत उच्चपदस्थ नेतासँग भेटघाट गर्नेछन् ।
प्रतिकृया दिनुहोस