काठमाडौं । कांगे्रसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् ।
समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए ।
उनले भने,‘पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुयाउनुपर्ने बेला आएको छ ।, नभए त पार्टी त केवल सत्ताको हतियार मभात्र हुनेभयो केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो ।’
प्रतिकृया दिनुहोस