• राशिफल

    आजको राशिफल : २०७९ साल असोज १४ गते शुक्रबार

      ओमकार टाइम्स


    आज १४ असोज २०७९, शुक्रबार। तद्नुसार सेप्टेम्बर महिनाको ३० तारिक २०२२ । आश्विनशुक्लपक्ष पञ्चमी, आज दुर्गापक्षको पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गर्ने दिन हो । अहिलको समय भनेको दुर्गा देवी साधना गर्ने समय हो।

    आज अनुराधा नक्षत्र, प्रीति योग, बब करण, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । बिहान सूर्योदय ५ः५६ मा भएको छ भने सूर्यास्त ५ः५२ मा हुनेछ। आजका देवता विष्णु र ग्रहदेव बुध रहेको छ । शुक्रबार यात्रा गर्दा शुभ मानिन्छ। आज ११ः३१ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्तको समय हो।

    यो समयमा कुनै पनि काम गर्दा शुभ हुनेछ । तर, हिजोदेखि पूर्वमा शुक्र अस्त भएका कारण अहिलेको समयमा कुनै नयाँ शुभकार्य गर्नु उचित हुँदैन।

    आजको राशिफल:
    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्छ। शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ। नयाँ काम सुरु गर्दा सफलता प्राप्त हुनेछ। आज शुभ दिन भएकाले नियमित काम र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    व्यापार व्यवसायमा अर्थलाभ हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अध्ययन अध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि दूवाच्य नबोल्नु र मौन रहनु वेश हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा हर्ष छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । आफनो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । मनमा अनेक कुरा खेल्नेछन् । सरकारी काममा विध्न बाधा आएको छ भने आजको दिन शुरुवात गर्दा सफल हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
    आफन्तसँग सम्बन्ध विग्रन सक्छ । मित्रमण्डलीले दोष लगाउन सक्नेछन् । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा कुमारी कन्या र महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    आजको दिन सुुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लागिरहनु होला । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ तर काममा निरन्तता दिनुहोला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ। अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ । सामाजिक सेवामा मन जानेछ । घरपरिवारमा सदस्यबीच सम्बन्ध राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    धनु राशि भएका जातकका लागि दिन बलियो छ । आज सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा अर्थ हानी र सोचअनुसार काम नहुँदा निराश हुनुपर्नेछ । योजना मुताविक काम हुँदैन ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
    विगतका कामबाट मानसम्मान मिल्नेछ। आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ। आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ। व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । साना बालबालिकालाई लेख्ने, पढ्ने सामग्री दिनुहोला।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ। शत्रुमाथि विजय प्राप्ति हुनेछ। व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। घर बाहिरबाट आउँदा परिवारका सदस्यलाई केही खानेकुरा लिएर मात्र घर प्रवेश गर्नुभयो भने मनमा उत्साह भरिने छ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानी हुनेछ। बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला। सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ। सामाजिक काममा समय खर्च हुनेछ। एकचित्त भएर आफ्नो नियमित काम मात्र गर्नुहोला। आजको दिन अर्थलाभ हुनेछ। सिर्जनात्मक कामको शुरुवात गर्नुहोला । दुर्गासप्तसति पाठ गर्नु उत्तम हुनेछ।

    प्रतिकृया दिनुहोस