• राजनीति

    ‘१० बुँदे’ वालाले माफी माग्न पर्छ

      ओमकार टाइम्स


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुले आफूसँग माफी नमागे टिकट नदिने अडान राखेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुले पार्टीलाई धोका दिएर आफू प्रधानमन्त्री हुँदा बर्खास्त गर्न हस्ताक्षर गरेको भन्दै टिकट पाउँनको लागि आफूसँग माफी माग्नु पर्ने अडान राखेका छन् ।

    पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्दा समेत ओलीले १० बुँदे समजझदारी गरेर आएकाहरुले माफी नमागे टिकट दिन नमिल्ने अडान लिएका छन् । छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमा बसेका नेताहरुको नाम आउनेबित्तिकै उनीहरुको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

    ‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ?’ छलफलमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ।’

    एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए। त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए ।

    तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे। १० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरु ४ मंसिरमा हुने निर्वाचनका लागि आ-आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। तर अध्यक्ष ओलीले पहिले नै पार्टीमा गम्भीर गल्ती गरेको हुनाले आउँदो चुनावमा उनीहरुलाई विना आत्माआलोचना टिकट दिन नहुने धारणा राख्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस