• राजनीति

    सल्यानमा प्रतिनिधिसभाको उम्मेदवार माओवादीले पाउने भयो : बस्नेत

      ओमकार टाइम्स


    नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतले प्रतिनिधिसभा आफ्नो पाटीले पाउने सहमति भएको बताएका छन् । यसअघि निर्वाचित बस्नेतले नेकपा एकीकृत समाजवादीले दाबी गरेपनि अन्तिममा प्रतिनिधिसभामा माओवादीले पाउने सहमती भएको दाबी गरे । ‘सल्यान संघमा एकीकृत समाजवादीले पाउनुपर्छ भन्दै दाबी गरेको थियो । अन्तिममा खारेज भएको छ ।

    माओवादीले पाउने सहमति भयो’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘अब पार्टीबाट संघमा मेरो र रमेश मल्लको नाम सिफारिस भएको छ । पार्टीले निर्णय गरेर उम्मेदवार फाइनल गर्ने छ ।’ सल्यान प्रतिनिधिसभामा माओवादीले पाएमा प्रदेश सभामा एक कांग्रेस र अर्को एकीकृत समाजवादीले पाउने देखिएको छ ।सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वालाले दाबी गरेका थिए । अन्तिममा उनी प्रतिनिधिसभामा लड्न नपाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस