• समाचार

    सिट बाँडफाँडको विषयमा आन्तरीक कलह मिलाउन कांग्रेस शिर्ष नेताहरु छलफलमा

      ओमकार टाइम्स


    काठमाण्डौं। नेपाली कांग्रेसका शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँडको विषयमा आन्तरीक कलह मिलाउन छलफलमा रहेका छन्। समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेलगायत विषयमा छलफल गर्न आज बिहान १० बजेदेखि बालुवाटारमा छलफल जारी छ ।

    गत ३ गते निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर कांग्रेसभित्रै चर्को विरोध भएपछि संशोधन गर्न लागिएको छ ।

    कांग्रेस श्रोतका अनुसार समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्न सभापति शेरबहादुर देउवा सहमत भएकोले तीन दिनदेखि छलफल भइरहेको छ।

    निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्ने भए असोज १६ गते भित्र संशोधन गर्न दलहरूलाई भनेको छ। कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको आरोप लगाउँदै धर्नालगायत कार्यक्रम गरेका थिए।

    प्रतिनिधि सभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै राखिएको थियो। यी नाम पनि पछि समानुपातिक सांसद हुन नपाउने गरी तलतल राखिएपछि कोइराला र थापा पक्षका नेताहरू असन्तुष्ट छन्। आज कोइराला र थापा पक्षका केही नेताहरूको नाम समावेश गरेर समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने तयारी रहेको श्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस