• मुख्य

    रवीन्द्र मिश्र नेतृत्वको समुह राप्रपामा समाहित, मिश्र बने बरिष्ठ उपाध्यक्ष

      ओमकार टाइम्स


    काठमाडौं। विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा आज राप्रपा र मिश्र नेतृत्वको समुहबीच एकता घोषणा भएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरु कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समेट्ने गरी एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

    त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए । कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

    प्रतिकृया दिनुहोस