घरायसी विवादको कारण एक पुरुषले श्रीमती र छोरीको गोली हानी हत्या गरेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ नाकाझोलीका ५० वर्षीय टेकबहादुर मस्राङगी मगरले भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मादक पदार्थमा मात्तिएका मस्राङगीले रातको समयमा सुतेकै स्थानमा ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए ।
टेकवहादुरले प्रहार गरेको बन्दुकको गोली किरणकोे घाँटी र प्रेमसुको कञ्चटमा लागेकोले दुवै जनाको घटनास्थलमै मत्यु उनले बताए ।
बन्दुकको छर्रा लागि उनका छोरा कृष्ण मस्राङगी घाइते भएका छन । उनको अहिले सिन्धुली अस्पतालमा उपचार भइरहेको सिंहले बताए । टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट।
प्रतिकृया दिनुहोस