• स्वास्थ

    थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

      ओमकार टाइम्स


    देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १७८ पुगेको छ । कोभिड–१९ को नेपालमा हालसम्म १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस