• खेलकुद

    स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

      ओमकार टाइम्स


    युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन स्विट्जरल्यान्डसँग स्तब्ध बनेको छ । गएराती भएको खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो ।

    स्विट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल । जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

    अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे । पोर्चुगल १० अंक जोडेर शीर्ष स्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।

     

    प्रतिकृया दिनुहोस