• खेलकुद

    बेल्जियम र नेदरल्यान्डको जित

      ओमकार टाइम्स


    युइएफए नेसन्स लिग अन्तर्गत गए राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् ।

    बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे ।

    जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

    समूहको अर्को खेलमा नेदरल्यान्डले पोल्याण्डलाई २–० ले पराजित गर्‍यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

    जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा छ । पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस