• राजनीति

    कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

      ओमकार टाइम्स


    काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।

    समितिको आज बसेको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी दिने निर्णय गरेको हो ।

    समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस