• अर्थ

    दोहोरो अंकले बढ्यो शेयर बजार

      ओमकार टाइम्स


    काठमाण्डौ । शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अङ्कमा पुगेको छ ।

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता शेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिकृया दिनुहोस