• पत्र-पत्रिका

    संञ्चारकर्मी बिरुद्ध पक्राउ पुर्जी जारी

      ओमकार


    बाराको सिमरामा रहेर युट्युव च्यानलमा सक्रिय रेडियो समपर्णका सञ्चारकर्मी सन्तोष देउजाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । विद्युतिय अपराध सम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंले देउजालाई पक्राउ गर्न आदेश दिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार देउजालाई प्रहरीले एकसातादेखि खोजी गरिरहेको छ । 

    पर्साको ठोरी स्थायी घर भइ हाल जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा नरबस्तिमा डेरा गरि बस्दै आएका देउजालाई पक्राउ गरि पठाउन नेपाल प्रहरीको विद्युतीय अपराध अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय पर्सा दुवैलाई पत्राचार गरेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए । ‘हामिले खोजी गरिरहेका छौं, उनले भने, ‘जहाँ भेटिनुहुन्छ हामी तुरुन्तै पक्राउ गर्छौ ।’

    प्रहरीको खोजी सूचिमा रहेका देउजाको सिमरास्थित डेरामा प्रहरीले जनप्रतिनिधिको रोहबरमा खानतलासीसमेत गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ का जनप्रतिनिधि धनबहादुर श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीकी नेतृ गिता कँडेल लगायतको रोहबरमा ताला खोलेर इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले उनको कोठा खानतलासी गरेको हो । कोठको ताला खोलेर खानतलासी गर्नुको कारणबारे प्रहरीले केही बताएको छैन ।

    देउजाले युट्युव मार्फत व्यक्तिको चरित्र हत्या गरि अबैध असुली गरेको आरोप लागेको प्रहरी स्रोतले जनाएको छ । कपुरबोट मिडिया प्राली मार्फत कपुरबोट डटकम र कपुरबोट टिभी नामक युट्युव च्यानल सञ्चालन गर्दै आएका देउजा सिमरामा रहेको रेडियो समपर्णमा आबद्ध छन् ।यो समाचार नयाँ पत्रिकामा वसन्त खतिवडाले लेखेका हुन्।

    प्रतिकृया दिनुहोस