• पत्र-पत्रिका

    भरतपुरमा बस दुर्घटनामा परी ३८ जना घाइते

      ओमकार


    चितवन : भरतपुरमा यात्रु बाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट मलंगवा सर्लाहीतर्फ जांदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो ।

    मंगलबार राती सवा १२ बजे बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र ८ जनाका चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ती मध्ये २ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।अन्नपूर्ण पोष्टबाट ।

    प्रतिकृया दिनुहोस