• पत्र-पत्रिका

    चितुवाको आक्रमणबाट बालकको मृत्यु

      ओमकार


    दमौली : तनहुँको भानु १ भन्सारमा मंगलबार चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। चितुवाको आक्रमणमा परेर स्थानीय ३ वर्षका बालक आशिक बानियाँको मृत्यु भएको हो।

    मंगलबार साँझ घरबाट करिब दुई सय मिटर  पर पिङ खेल्दै गर्दा उनलाई चितुवाले आक्रमण गरेको थियो।  चितुवाको आक्रमणबाट बानियाँको शरीरभरि चोट लागेको थियो। आक्रमणमा परी घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसै वर्षमात्र त्यस क्षेत्रमा चितुवाको आक्रमणबाट ३ बालबालिकाको ज्यान गएको छ। एक चितुवा मारेर एक नियन्त्रणमा आए पनि आक्रमणका घटना नरोकिँदा स्थानीय चिन्तित छन्।यो समाचार अन्नपूर्ण पोष्टमा पवन पौडेलले लेखेका छन।

    प्रतिकृया दिनुहोस