पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् ।
पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो ।
पूर्व राजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।यो समाचार रातोपाटीमा सुवास श्रेष्ठले लेखेका हुन्।तस्बिर रातोपाटी।
प्रतिकृया दिनुहोस