• राशिफल

    आज असोज २१ गते मंगलबार विजयादशमी हेर्नुस् आजको राशिफल

      ओमकार


    मेष {चु, चे, चो, ला, लि, लु, ले, लो, अ} –

    व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

    बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० –

    परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह० –

    दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दु र्घ टनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि त नावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ ।

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –

    प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –

    आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मु द्दामामि ला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

    कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –

    चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् ।

    तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते० –

    घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् ।

    बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु० –

    राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ ।

    धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –

    कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, व्यवहारिक कठि नाइको सामना गर्नु पर्ला । त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन ।

    मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –

    स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा का ट्नेहरू चुप लाग्नेछन् ।

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द० –

    बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा वि वाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवा तास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

    मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि० –

    दैनिक कामकाजमा बा धा आउने छ । यद्यपि प्रशासनिक झैझ मेला र मु द्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा÷व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ

    प्रतिकृया दिनुहोस