पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले बडादसैँको आठौँ दिन महाअष्टमीका दिन काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुजा अर्चना गर्नुभएको छ।
पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नक्साल भगवति, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवति र इन्द्रायणी मन्दिरमा सवारी भएर पुजा गर्नुभएको हाे ।
उहाँको मन्दिरमा अागमनसंगै ठुलो संख्यामा उपस्थित जनताले भब्य स्वागत मात्र गरेनन राजतन्त्र जिन्दाबाद, राजा अाउ देश बचाउ भन्दै नाराबाजी समेत गरेका छन् । अत्यन्त प्रशन्न मुद्रामा सवारी हुनुभएका पुर्वराजाले सर्वसाधारणाका चाहना अनुसार सेल्फी समेत खिच्नु भएको थियाे । पुर्वराजासंग उहाँको नाति हृदयेन्द्र वीर विक्रम शाहदेव पनि पुजामा सहभागी हुनुभएको थियाे ।
प्रतिकृया दिनुहोस