• समाचार

    गैंडाको आक्रमणबाट बृद्धको मृत्यु

      ओमकार


    चितवनको कालिका नगरपालिका ४ का ७२ वर्षीय गोरे कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । आइतबार साँझ निउरो खोज्न पन्चकन्या सामुदायिक वनतर्फ गएका कुमाललाई गैंडाले आक्रमण गरेको थियो । 

    उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस